काठमाडौ ।नेपाल सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई दिएको छ ।
नवगठित मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको प्रवक्ता मन्त्री शर्मालाई तोक्ने निर्णय गरेको हो ।
बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ ओमन (सिएसडब्ल्यू) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको नवनियुक्त प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।