दाङ । राजपुर गाउँपालिकाले कृषकलाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यले बेमौसमी तरकारीको बिउ वितरण गरेको छ।
कृषकहरूको मागका आधारमा पालिकाको कृषि शाखाले नि:शुल्क रुपमा भिन्डी, करेला , बोडी, सिमी, काक्रालगायतका तरकारीका बिउ वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख रिता भण्डारीले बताइन । पालिकाले वडा नम्बर १ , २ र ५ गरि प्रत्येक वडामा १३५ जनाका दरले ४०५ जना तरकारी कृषकहरुलाई उन्नत जातको बीउ बितरण गरेको हो ।
बिउ वितरण गर्दै राजपुर गाउपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले व्यवसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूलाई गाउपालिकाले सहयोग गर्ने बताउँदै उत्पादन वृद्धि गर्न र कृषकहरूलाई व्यवसायिक बन्न आग्रह गरे ।
गाउपालिकाकि उपाध्यक्ष धनपतीदेबि यादबले पालिकाले कृषकमुखी कार्यक्रम सञ्चालन गरेको बताउँदै व्यवसायिक र बेमौसमी तरकारी उत्पादनमा लाग्न सबै कृषकहरूलाई आग्रह गरिन्। स्थानीय रुपमा उत्पादन भएका तरकारीको बजारीकरणका लागि प्रत्येक हप्ताको शुक्रबारका दिन पालिकाले सबै वडालाई पायक पर्ने गरि वडा नम्बर ५ को जङ्रहवामा हाटबजार समेत संचालन गर्दै आएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।