भ्युमान पुन
दाङ । नेपाल खेलाडी संघका अध्यक्ष बिक्रम लामा र नेपाल राष्ट्रिय फुटबल टिमका पुर्व क्याप्टेन बिराज महर्जन दाङ आउँदै हुनुहुन्छ । लुम्बिनी फुटबल एकेडेमी घोराहीले तुलसीपुरमा भैरहेको हिरा डाँगी फुटबल प्रतियोगीतका लागी दाङ ल्याउन लागेको हो ।
थ्री स्टार क्लबका क्याप्टेन समेत रहेका लामा र फुटबल टिमका पुर्व क्याप्टेन महर्जन लुम्बिनी फुटबल एकेडेमीका खेलाडीहरुको हौसला र अनुभव आदानप्रदान गर्नुका साथै प्रतियोगीतमा सहभागी हुनका लागी जिल्लामा ल्यान लागीएको एकेडेमीका अध्यक्ष समिर ओलीले बताउनुभयो । लामा र महर्जन फुटबलको विकासका लागी लामो समयदेखि फुटबल खेलमा सकृय रहनुभएको छ ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।