दाङ । १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा आज आइतबार चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुतसहितका कलाकारको प्रस्तुति रहनेछ ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनाना १८ देखि सुरु भएको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा गलबन्दी च्यातियो, बोल माया, लैबालै फररर, मेरो पनि हैन र यो देश, नौरङ्गीसपथ, पीर, , मुटु कटक्कै सकम्बरीजस्ता थुप्रै चर्चित लोक तथा दोहोरी गीतहरूबाट चर्चाको शिखर चुमेका गायक प्रकाश सपूत, हास्यकलाकार कमल गाउँले, गायिका सविना थापा, मोडेल सुनिता दान्कुटी र डान्सर सुरक्षा मगरलगाएतको विशेष प्रस्तुती रहने सांस्कृतिक समितिका संयोजक पुष्करराज न्यौपानेले जानकारी दिएका छन् ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मुलनाराका साथ घोराही १५ कृषि सामाग्री संस्थानमा ४ दिने चल्ने महोत्सवमा २१ गते १३ देशका कलाकारको विशेष प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक एंब दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनु भयो ।
महोत्सव अबधि भर टिकट शुल्क एक सय रुपैया , बिद्यार्थीलाई असी रुपैया र जेष्ठ नागरिक , अपांगलाई निशुल्क समेत रहेको आयोजकले जानकारी दिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।