प्रिया स्मृती गजमेर
लमही । राप्ती गाउँपालिका वडा नम्बर २ बराहखुट्टी सुकुम्बासी टोल निवासी क्यान्सर पिडीत सुनिल कुमाललाई आर्थिक र खाद्मान्न सहयोग भएको छ । नेपाल कुमाल समाज दाङले पिडीत कुमाललाई उहाँकै घरमा पुगेर सहयोग गरेको नेपाल कुमाल समाज दाङका जिल्ला अध्यक्ष रामलाल कुमालले जानकारी दिनुभयो ।
लामो समयदेखि क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित रहनु भएका कुमालको आर्थिक अवस्था कमजोर रहेकोले सहयोग गर्नुपर्छ, सामाजिक क्षेत्रमा हाम्रो संस्थाले पनि केहि गनैु पर्छ भनेर सहयोग गरेको अध्यक्ष कुमालको भनाई छ । क्यान्सर पिडीत कुमाललाई २२ हजार ५ रुपैयाँ नगद, ५५ किलो चामल, ५ किलो दाल, ५ लिटर खानेतेल, ५ किलो नुन, ५ पयाकेट फ्रुटी प्रदान गरिएको हो ।
पाखापानी टोल समितीबाट ६ हजार ७ सय ८५, तेलिया टोल समितीबाट ५ हजार ५५, बेला टोल समितीबाट २ हजार ७ सय ७५, पिपरखुट्टी टोल समितीबाट ६ हजार ३ सय २०, अर्नवा टोल समितीबाट ४ हजार ८ सय र फल्कापुर टोल समितीबाट १ हजार ७ सय सहत्तरी गरि २२ हजार ५ रुपैयाँ संकलन भएको थियो ।
नेपाल कुमाल समाज दाङका अध्यक्ष रामलाल कुमाल, सचिव बालाराम कुमाल, जिल्ला सदस्य गणेश बहादुर कुमाल, कर्ण बहादुर कुमाल, अर्नवा टोल समितीका उपाध्यक्ष चन्द्रमाया कुमाल, तेलिया टोल समितीका अध्यक्ष नेत्रा कुमाल, फल्कापुर टोल समितीका कोषध्यक्ष परशुराम कुमाल, पाखापानी टोल समितीका सदस्यहरु कविता कुमाल, ज्ञानु कुमारी कुमाल, विमला कुमाल, खीमा कुमाल लगायतको सक्रियतामा सामाग्री संकलन भएको थियो ।
क्यान्सर पिडीत कुमालको श्रीमती, एक १३ वर्षिय छोरा र ६ वर्षिया एक छोरी छन् । आर्थिक अवस्था दयनिय भएकोले उपचारका लागि लाग्ने खर्च जुटाई सहयोग गरिदिन सबैमा अपिल गर्नु भएको छ । “शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा मेरो श्रीमती मन कुमारी कुमालको नाममा खाता छ, खाता नं. ०६४००७००४६०७४५०००००१ हो । मनकारी दाताहरुले यसै खातामा रकम उपलब्ध गराएर सहयोग गर्दिनुहोला”–पिडीत कुमालले भन्नु भयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।