• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षानै मानविय विकासको आधार हो : अध्यक्ष पुन




दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ३ श्रीवारीमा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालयको ६३ औँ वार्षिक उत्सव तथा अविभावक भेला आज सम्पन्न भएको छ। शिक्षक अविभावक संघका अध्यक्ष भिम बहादुर खत्रीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरको प्रमुख आतिथ्यता र उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट अतिथ्यमा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगले बंगलाचुली गाउँपालिकाको शिक्षाको विकासका लागि गाउँपलिकाले वर्षेनि करडौँको लगानि गरिरहेको बताउनुभयो । अध्यक्ष पुनले शिक्षानै मानविय विकासको आधार रहेको हुँदा गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष पुनले समाजमा रहेका नागरिकमा शिक्षाको कमि भएमा समाज अध्यारो तर्फ धकेलिने खतरा रहेको भन्दै शिक्षा विनाको व्यक्ति तथा समाजको कल्पना गर्न नसकिने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले गाउँपालिकामा रहेका हरेक विद्यालयको विकासका लागि आफुहरु अग्रसर रहेको बताउनुभयो ।उहाँले समुन्नत समाज निर्माणका लागि शिक्षानै पहिलो आधार रहेको बताउनुभयो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोर्ण केसी,बंगलाचुली गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक डेमराज पुन,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद भुसाल,पूर्व शिक्षक खेमराज शर्मा लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यायका प्रधानाध्यापक ईन्द्र बहादुर बुढाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वार्षिक उत्सव कार्यक्रममा पूर्व शिक्षक देव प्रसाद घिमिरेद्वारा स्थापित डि स्टार वी घिमिरे पुरस्कार बाट ९१ दशमलव १२ प्रतिशत अङ्क प्राप्त गर्ने कक्षा १० का नारायण तिवारीलाई ८ हजार नगद र सम्मान पत्र, दाङ जिल्लामा भएको राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता आशा भुसाल लाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी अविभावक उजुर बहादुर घर्तिले उहाँको स्वर्गिय धर्मपत्ति कुसुमा घर्तिको नाममा ५० हजार ५ सय ५० को अक्षकोष स्थापना गरी उक्त रकमको व्याजबाट विद्यालय प्रथम हुने एकजनालाई सम्मान गर्ने घोषणा गर्नुभएको छ । यसैगरी कार्यक्रममा गत वर्षको परिक्षामा प्रथम,दृतिय र तृतिय स्थान प्राप्त गर्ने छात्र छात्रालाई पुरस्कार वितरण गरिएको थियो ।

भने वार्षिक उत्सवको अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगितामा विजयी भएका विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो । २०८० सालमा सबै भन्दा धेरै विद्यालयको अतिरिक्त क्रियाकलापमा भाग लिने विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै एक/एक जना छात्र र छात्रालाई अनुशासन पुरस्कार समेत प्रदान गरिएको थियो । विद्यालयका शिक्षक पदम बहादुर वलीको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक चेतनाथ पौडेलले गर्नुभएको थियो ।

Facebook Comments