अस्मिता नेपाली
फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सहायता केन्द्र नेपालको आयोजना तथा सामाजिक बिकास डिभिजन कार्यलय लुम्बिनी प्रदेशको सहयोगमा सम्पन्न भएको कार्यक्रममा महिला र बालिका सहित ४५ भन्दा धेरै को सहभागिता रहेको थियो।
केन्द्रका कार्यबाहक अध्यक्ष अस्मिता नेपालीको अध्यक्षता तथा सामाजिक बिकास डिभिजन कार्यलय प्रमुख गिरिराज पाण्डेको प्रमुख आतिथ्यतामा बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वस्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम भएको हो । कार्यक्रमका अध्यक्ष नेपाली ले सोही कार्यक्रम तुलसीपुर उपमहानगरपालिका , दङिशरण गाउँ पालीका , बबई गाउपालीका र सान्तिनगर गाउपालिका का बिबिन्न वडाहरुमा गर्ने समेत जानकारी दिनुभएको थियो।
कार्यक्रममा ओरेकमा नेपाल दाङ मा कार्यरत पुजा बि क , बाल अधिकार कर्मी नानू माया ओलि ,तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन साखाका बिमल केसि र फुलबारी स्वास्थ चौकीमा कार्यरत अनमी नन्दा गुरुङले प्रशिक्षण दिनुभएको थियो ।
सहायता केन्द्र नेपालका काेषा अध्यक्ष दुबिसरा वलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायता केन्द्र नेपालको सचीव मुना बिकले गर्नुभएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।