दाङ। ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ भोलि १८ गते देखी २१ गतेसम्म हुने १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको टिकट मुल्य शुल्क एक सय रुपैया रहेको टिकट व्यवस्थापन समितिको संयोजक विकास वलीले जानकारी दिनु भयो ।
२१ गते नेपाल सहित १३ देशका कलाकारका प्रस्तुति हुने दिन भिआइपी टिकटको पनि व्यवस्था रहेको समेत संयोजक वलीले जानकारी दिनु भयो । उक्त भिआइपी टिकट शुल्क पाँच सय लाग्ने र कुर्सीमा बसेर हेर्न मिल्ने समेत बताउनु भयो ।
साथै जेष्ठ नागरिक, अपांगलाई निशुल्क र विद्यार्थीलाई ८० रुपैया व्यवस्था गरिएको छ ।
महोत्सवमा १८ गते दाङ झल्किने झाक्री, भेषभुषा सहित घोराही परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुने छ भन्ने १९ र २० गते रास्ट्रीयस्तरमा चर्चित कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।