• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेमसंघ रुकुमपूर्वले मनायो ४२ औं स्थापना दिवस




रुकुमपूर्व । नेपाल मगर संघ रुकमपूर्व जिल्लाले ४२ औं मगर स्थापना दिवस मनाएको छ । संघले आज मंगलबार भुमे गाउँपालिका -२ खबाङमा एक कार्यक्रमको आयोजना गरी सो दिवस मनाएको हो ।  गतवर्ष संघले ४१ औं मगर दिवस पुथा उत्तरगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा पुथा उत्तरगङ्गामा गाउँपालिकामा मनाएको थियो ।

मगर दिवस कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख अतिथि, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीको विशेष अतिथि, नेपाल मगर संघ केन्द्रीय महासचिव तथा भुमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा मगर, नेपाल मगर संघ केन्द्रीय सदस्य प्रवेश पुन, आदिवासी जनजाति महासंघ रुकुम पूर्व उपाध्यक्ष बसन्त श्रेष्ठ, नेकपा माओवादी वैकल्पिक केन्द्रीय रामसुर बुढा मगर, नेकपा एकीकृत समाजवादी रुकुम पूर्व जिल्ला अध्यक्ष भिउमान पुन लगायत अन्य राजनिती दल तथा संघसंस्थाको प्रतिनिधिको अतिथि रहेको थियोे ।

अधिकार प्राप्त गर्न एकताको जरुरी हुने भएकोले पहिले सम्पूर्ण आदिवासी जनजातिको एकता आवश्यक रहेको रुकुम पूर्व जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले बताउनु भयो । एकता बिनाको संघर्ष बिना अर्थको हुने भएकोले एकता आवश्यक रहेने प्रमुख श्रेष्ठको भनाइ थियोे । हाल कोशी प्रदेशमा त्यहाँका नागरिकहरुले आफ्नो पहिचान सहितको प्रदेशको माग गर्दै आन्दोलित रहिरहेको स्मरण गर्दै मगर समुदाय सहित सम्पूर्ण आदिवासी जनजाति समुदायहरु एकता भएर आफ्नो पहिचान खोज्नु पर्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।

मगर समुदायको बाहुल्यता रहेको रुकुम पूर्वमा मगर संस्कार परम्परा पुस्तान्तरण हुन आवश्यक रहेको भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुभयो । रुकुम पूर्व भौगोलिक दृष्टिकोणले दुर्गम क्षेत्र रहेकोले भौतिक विकास गर्दा सांस्कृतिक विकास हुन नसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । भौतिक विकास गर्दा सांस्कृतिक विकास नहुने अवस्था भएता पनि सरकार पक्षबाट आवश्यक सहयोग रहेने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

१८ मगरात समुदायको उद्धम थलो रुकुम रोल्पा रहेको पुथा उत्तगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनु भयो । नेपालीको संविधान मस्यौदा निर्माण गर्दा रुकुमलाई २ टुक्रा बनाएर मगर समुदायको बाहुल्यता रहेको क्षेत्रमा छुट्टै जिल्ला बनाउने एजेन्डा लिएर सिंहदरबार सम्म धाएको अध्यक्ष घर्तीले स्मरण गर्नु भयो । नेपाल मगर संघ सिङ्गो आदिवासी जनजातिको अधिकारको लागि लाग्नु पर्ने घर्तिले बताउनु भयो । आदिवासी जनजाति, दलित पिछडिएको वर्गको हक हितको लागि, जनचेतनामूलक जस्ता कार्यक्रमको लागि स्थानीय तहले सहयोग, सहजीकरण गरिरहेको अध्यक्ष घर्तीले बताउनुभयो ।

आदिवासी जनजाति भित्र पनि राम्रो नेतृत्वको स्थापना हुँदै गएको आदिवासी जनजाति महासंघ रुकुम पूर्व उपाध्यक्ष बसन्त श्रेष्ठले बताउनुभयो । सुदन किराँती, कुलमान घिसिङ, महावीर पुन जस्ता सक्षम व्यक्तित्वहरु आदिवासी जनजाति समुदायका रहेकोले आदिवासी जनजातिहरुले हामी कम्जोर हुन्छौं भन्ने मानसिकता हटाउनु पर्ने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेपालमा विभिन्न चरनमा मानवीय विभेदकारी व्यवस्था उत्पन्न भएको र त्यसलाई निर्मुल नेपाल मगर संघले अहम भुमिका खेलेको नेकपा माओवादी केन्द्र वैकल्पिक केन्द्रीय सदस्य तथा निवर्तमान भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनु भयो । विभिन्न विभेदलाई निर्मुल गर्न विभिन्न सामाजिक संस्थाहरु स्थापना हुने क्रममा नेपाल मगर संघ मगरहरुको हकहितको लागि लड्न २०३९ फागुन १५मा स्थापना भएको बुढाले बताउनु भयो । पछिल्लो समय रुकम पूर्वका मगरले पनि कन्चन पुन मगर जस्ता स्रष्टा जन्माएको बुढाले बताउनुभयो ।

नेपाल मगर संघ जिल्ला कार्य समिति अध्यक्ष रामकुमार बुढा मगरको सभा अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल मगर संघ जिल्ला कार्य समिति सह सचिप गोविन्द पुनले राख्दा कार्यक्रमको सञ्चालन नेपाल मगर संघ जिल्ला कार्य समिति सचिव दिनेश घर्ती मगरले गरेका थिए ।

Facebook Comments