• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तराष्ट्रिय लोक साँस्कृतिक महोत्सवको तयारी तीव्र




घोराही । यही फागुन १८ गतेदेखी घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी तीव्र पारिएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपालीलोक सांस्कतिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रियलोकसांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

महोत्सवकालागी गठन भएका विभिन्न समिति उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको आयोजक मूल समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो ।

महोत्सवकालागी नेपाल सरकारको संघ, प्रदेश, स्थानीय तह, जिल्लाका उद्योग वाणिज्य संघ, विभिन्न निकायहरु, संघसंस्थाहरुसँग समन्वय सहकार्य भईरहेको छ ।

महोत्सव प्रचारप्रसारकालागी पत्राचार, पर्चा पप्लेट वितरण, माईकिङ लगायतका कामहरु तीव्र रुपमा भईरहेको मूल समिति जोशीले जानकारी दिनुभयो ।महोत्सवक सञ्चालन हुने घोराहीको कृषी सामाग्री केन्द्रको प्राङ्गण (जिल्ला अदालतको पश्चिमतर्फ) मा भौतिक निर्माणको काम भईरहेको, दाङ आउने कलाकारहरुलाई स्वागतसँगै आवास भोजनकालागी घोराहीमा रहेका होटलहरुसँग छलफल गरि नेपाली रहनसहन अनुसार सेवा प्रवाह गर्ने विषयमा छलफल गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवको अघिल्लो दिन फागुन १८ गते स्थानीय झाँकी सहित शोभायात्रासँगै महोत्सवको उद्घाटन गरिनेछ भने फागुन १९ र २० गते नेपाली सांगितिक क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । यस्तै फागुन २१ गते नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाल, अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका,दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने छ ।

१२औँ अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा प्रवेशकालागी एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघी वि.स २०६८ मा अन्तराष्ट्रिय लोकसांस्कृति महोत्सव आयोजना गरेको थियो ।

Facebook Comments