घोराही । घोराही – १६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङतर्फ अध्ययनरत छैठौं सेमेष्टरका विद्यार्थीलाई विदाइ गरिएको छ । कलेजमा भर्ना भएर डिप्लोमा तर्फको अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।
कलेजमा अध्ययनरत डिप्लोमा तर्फका १४ औं ब्याचमा भर्ना भएका विद्यार्थीले आइतबार कलेजको प्रांगणमै एक कार्यक्रमको आयोजना गरि डिप्लोमा तर्फका १३ औं ब्याचमा भर्ना भएका विद्यार्थीलाई विदाइ गरेका हुन् ।
डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रेम प्रकाश दहालको अध्यक्षता एवं कलेजका एमडी भीमसेन गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि गिरीले कलेजका उत्पादनहरु मुलुकभर फैलिइसकेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा कम्तिमा पनि ९० प्रतिशत प्राविधिक जनशक्ति आफ्नै कलेजको उत्पादनले थेगेको कुरामा जोड दिनुभयो ।
कलेजबाट उत्पादित विद्यार्थीहरु विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताउँदै प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुँदै गरेको स्मरण गर्दै एमडी गिरीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले आफूमा भएको सीपको सहि प्रयोग गरी समाज र राष्ट्रको लागि स्मरणिय काम गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको थियो ।
विदाई कार्यक्रमका विशिष्ट अतिथि कलेजका प्रिन्सिपल रेशम गिरीले विद्यार्थीको सिकाई निरन्तर रुपमा चल्ने भएकोले सिकाई क्रियाकलापलाई सहि प्रयोग गरी रोजगारी सृजना गर्नमा प्रयोग गर्न आग्रह गर्नुभयो । साथै अब शिक्षालाई सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफुहरु लागेको बताउँदै राप्ती इञ्जिनियरीङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुले कलेज विश्वविद्यालय, समाज र राष्ट्र भावना अनुरुप काम गर्नुपर्ने उहाँको जोड थियो ।
त्यसैगरी कलेजका निर्देशक मधुसुदन बैद्यले विद्यार्थीको सिकाई निरन्तर रुपमा चल्ने भन्दै शिक्षण सिकाई क्रियाकलापको सहि प्रयोग गर्नुपर्ने बताउनुभयो । विद्यार्थीले पढाइ अवधिभर आर्जन गरेका ज्ञान र सीपको सही ढंगले प्रयोग गरेर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ दोस्रो वर्ष दोस्रो खण्डका विद्यार्थीे सुवाष वाग्लेकोे स्वागत मन्तव्यबाट सुरु कार्यक्रममा विश्वबन्धु थापा, शिव बुढाथोकी, अविशेक थापा, सर्जन विक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले नृत्य, कविता, मुक्तक, गजल प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी मनोज कुमार शर्माले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।