बासुदेव आचार्य
तुलसीपुर । करिब नाै बजेकाे बिहानी समय । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अन्य दिनकाे भन्दा अलि फरक पाेसाकमा देखिए, छात्रहरुले कालाे काेट र दाैरा सुरुवाल साथै छात्रा हरुले साडी र काेट । सबैले हात हातमा डायरी लिएर संसद भवनभित्र प्रवेश गर्छन् तर त्याे केन्द्रीय संसद भवन नभएर संघिय संसद भवनकाे झल्काे दिने हिमाल एकाडेमीकाे नमुना संसद भवन थियाे ।
तुलसीपुर छ रजाैरामा अवस्थित हिमाल एकाडेमीकाे आयाेजना तथा नयाँ साेच नयाँ युवा नेपालकाे समन्वयमा नमुना संसद अभ्यास कार्यक्रम प्रस्तुत गरिएको थियाे । प्रस्तुत कार्यक्रममा संसदभित्र हुने संवैधानिक संसदका कार्यकलाप,कानुन प्रक्रिया ,सन्तुष्ट र असन्तुष्ट संसदका ताली र विराेध,संसदीय धारणा र कार्यसूची लगायतका नमुनाहरु प्रस्तुत गरिएको थियाे ।
विद्यालयका प्राचार्य मधुसूदन केसीकाे सभापतित्व र संविधान सभा सदस्य अनारकली मियाँकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रम विद्यालय सञ्चालन समिति सदस्य बलदेव शर्माकाे स्वागत मन्तव्यबाट सुरु गरिएकाे कार्यक्रममा हिमाल एकाडेमीमा अध्ययनरत कानुन, विज्ञान र व्यवस्थापन सङ्कायका विद्यार्थीहरुकाे उल्लेखनीय सहभागीता रहेकाे थियाे।
प्रस्तुत कार्यक्रममा नमुना संसदहरुले वर्तमानमा समयमा देशमा देखिएका विद्यमान समस्यामाथि केन्द्रीयरही सभामुखलाई प्रश्नहरु राखेका ध्यानाकर्षण गराएका थिए भने सभामुख, प्रधानमन्त्री ,गृहमन्त्री ,मन्त्री ,संसद साथै सत्ता पक्ष र प्रतिपक्षले आ-आफ्नाे संसदीय कार्यशैलीकाे भूमिका निर्वाह गरेका थिए ।
विद्यार्थीकाे संसदिय कार्यक्रम हेरिसकेपछि संविधान सभा सदस्य एवम् कार्यक्रमकी प्रमुख अतिथि अनारकली मियाँले भन्नुभयाे ” मलाई याे कार्यक्रमले संसद भवनमा बसेकाे अाभाष दियाे।” आजका यिनै विद्यार्थी भाेलिका कर्णाधार हुन् र भाेलिका मन्त्री र संसद पनि यिनै हुन भन्दै याे कार्यक्रमलाई सम्पन्न गर्नकाे लागि प्रेरणा र हाैसला प्रदान गर्दै सहजीकरण गरिदिएकाेमा विद्यालय र विद्यार्थीहरुकाे मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
साथै कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालयका प्राचार्य मधुसूदन के सीले विद्यालयमा अध्ययनरत विद्यार्थीले सकारात्मक सन्देश दिने र शैक्षणिक कार्यक्रमलाई सहयाेग पुर्याउन जुनसुकै कार्यक्रम गर्नकाे लागि पनि स्कुल प्रशासनले सहयाेग गर्ने वचन वद्धता दिदै अाजकाे कार्यक्रमले विद्यार्थीमा बाेल्ने कलाकाे विकाश साथै संसदीय अभ्यास दिएकाले पनि नयाँ युवा नयाँ साेच नेपाललाई विशेष आभार व्यक्त गर्नुभयाे। कार्यक्रमकाे सञ्चालन नयाँ युवा नयाँ साेच नेपालका विनाेद खत्रीले गर्नुभएको थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।