घोराही । सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एकदिने अन्तरक्रिया कार्यक्रम आइतबार घाेराहीमा सम्पन्न भएको छ ।
शिक्षा तथा समन्वय ईकाइका प्रमुख देवमणि चाैधरीकाे सभापतितब तथा घाेराही उपमहानगरपालिका का प्रमुख नरूलाल चाैधरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
शिक्षा विज्ञान प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्राेत विकास केन्द्र ,शिक्षा विकास तथा समन्वय इकाई दाङकाे अायाेजनामा भएको कार्यक्रमा विशिष्ट अतिथि तथा दाङ जिल्ला प्रमुख अधिकारी रामवन्धु सुवेदीले प्रधानाध्यापकहरूलाई प्रशिक्षण दिनुभएको थियाे ।सुवेदीले प्रधानाध्यापकहरू विद्यालयका आफै सरकार भएकाले कसरी शैक्षिक सुधार गर्न सकिन्छ र विद्यालयलाई कसरी नमुना बनाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियाे ।
शाखा अधिकृत तिलकराम बञ्जाडेकाे स्वागत मन्तब्यबाट सुरू भएकाे कार्यक्रममा नगर शिक्षा प्रमुख विनाेद गाैतम,प्यापसन दाङका पुर्ब अध्यक्ष यादव गिरी लगाएकाले मन्त्व्य दिनुभएको थियाे ।
पुर्व अध्यक्ष गिरीले अमेरिका भ्रमणमा भएको शैक्षिक गतिविधिका बारेमा जानकारी गराउनु भएकाे थियाे ।बङ्गलाचुली गाउँ पालिका र घाेराही उपमहानगरपालिका मा रहेका ६६ जना प्रधानाध्यापकहरूकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रमकाे सहजिकरण शिक्षा तथा समन्वय इकाई प्रशासन शाखाकी प्रमिला शर्माले गर्नुभएको थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।