दाङ । देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल कार्यक्रममा चर्चित पप गायिक एञ्जिला रेग्मी आउने भएकी छिन् ।
सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन पाँच लमहीमा सुरु भएको थियो । उक्त कार्यक्रम यहीँ फागुन १९ गते समापन हुदैँछ ।
पहिलो चरणको कार्यक्रममा दुइसय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यसमध्य दोस्रो चरणको लागि एकसय विसजना छनोट भइ फाइनलमा पन्ध्रजना प्रतियोगीहरु प्रवेश गरेको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह ,आर.के मौर्या र सबिना ठकुरी रहने छन् ।
फाइनल कार्यक्रम लमहीको सार्वजनिक बगैँचामा फागुन १९ गते शनिवार हुने भएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क एकसय रुपैँया कायम गरिएको डि–टु कला केन्द्रका निर्देशक बर्माले जानकारी दिनु भयो । सोही दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने उहाँले बताउनुभयो।
यस्तै फाइनल कार्यक्रममा प्रथम प्रतियोगीलाई नगद पचाँस हजार, दितृय प्रतियोगीलाई नगद तिस हजार र तृतिय प्रतियोगीलाई नगद बीस हजार पुरस्कारको साथमा अन्य प्रतियोगीहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिने यस कार्यक्रमका संयोजक सुरेश पन्थीले जानकारी दिनुभयो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।