तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा आजबाट १५ हजार ३ सय ८८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धकाे खोप लगाउन सुरु गरिएको छ ।
जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई साे खोप लगाउन सुरु गरिएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयाे ।
यस वर्ष गाउँपालिकाले विभिन्न वडामा रहेका स्वास्थ्य संस्था ,सामुदायिक र संस्थागत विद्यालय गरि ५२ वटा खाेप केन्द्र निर्धारण गरि अभियान सञ्चालन गरेको शाखा प्रमुख रावतले जानकारी दिनुभयाे ।
खाेप अभियान फागुन १३ गते अर्थात आज देखि फागुन २५ गते सम्म सञ्चालन हुने बताइएको छ।
यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले संयुक्तरूपमा स्वास्थ्यकर्मीहरु लाई भ्याक्सिन क्यारियर प्रदान गरि खाेप अभियानको उद्घाटन गर्नु भएको छ।
गाउँपालिकाका अध्यक्ष विष्टले जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरु काेही पनि नछुट्ने गरि अनिवार्य खाेप लगाई आफ्नो बालबालिकाहरु लाई निराेगी बनाई अभियानलाई सफल पार्न सम्पूर्ण गाउँपालिका बासीहरुलाई आग्रह समेत गर्नुभएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।