• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनता मावि कालाकाटेको ४७ औं वार्षिकोत्सव




गढवा । जनता माध्यमिक विद्यालय गढवा -१, कालाकाटेको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर महताराको अध्यक्षता एवं गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले सामुदायिक विद्यालय सुधारको लागि गाउँपालिकाले भौतिक पक्षको सुधार गर्नुको साथै विषयगत दरबन्दी मिलान,शिक्षा ऐनको निर्माण , तहगत प्रधानाध्यापकको व्यवस्था गरेको उल्लेख गर्दै गुणस्तर अभिवृद्धि गर्नको लागि व्यवस्थापन समिति, शिक्षक र अभिभावक सबैले पहल गर्नुपर्ने बताउनुभयो । यसैगरी वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्रिय मावि भालुबाङका प्रधानाध्यापक लोकेन्द्र केसी, पूर्व शिक्षक रामप्रसाद खनाल, विव्यस सदस्य केसी कुमारी जैंशी र सल्लाहकार द्वय माधव सापकोटा र सन्तोष योगीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा “दिल-लक्ष्मी स्मृति प्रतिभा पुरस्कारबाट पूर्णीमा घर्ती मगर र जीवन गिरी, गरिब तथा जेहेन्दार पुरस्कारबाट रेनिज बस्नेत र मालिया बुढा मगर एवं तुल्सबहादुर दर्लामी तथा नरबहादुर रखाल स्मृति पुरस्कारबाट नहकुल बोहरा,संगीता परियार र आयुषा
पुन मगर पुरस्कृत भएका थिए ।

त्यसैगरी उक्त कार्यक्रममा विद्यालयलाई आर्थिक ,भौतिक एवं नैतिक रुपमा सहयोग पुर्‍याएको भनी उद्योगी व्यवसायीहरु क्रमश: शंकरनाथ योगी,सागर मरासिनी,पदम गिरी,तुल्सी गिरी,माधव सापकोटा ,कृष्णबहादुर कार्की,थानबहादुर घर्ती मगर,कपिलदेव खनाल,कृष्ण प्रसाद सुवेदी ,कृष्ण प्रसाद नेपाल , राजन पोख्रेल, पूर्व शिक्षक द्वय रामप्रसाद खनाल र कमल खड्कालाई सम्मान गरिएको थियो ।

त्यसैगरी सो कार्यक्रममा वर्ष शिक्षकको रुपमा अनिता महतरालाई सम्मान गरिएको थियो भने शिक्षकहरु प्रेमनारायण भुसाल,रेखा नेपाली,गणेश बुढा क्षेत्री र पार्वती पोख्रेललाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो ।

विद्यार्थीहरुद्वारा दर्जन भन्दा नढी नृत्य प्रस्तुत गरिएको कार्यक्रममा शैक्षिक सत्र २०७९ का कक्षा प्रथम ,द्वितीय र तृतीय हुन सफल विद्यार्थी र वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । साथै विद्यार्थीहरुलाई तहगतरुपमा अनुशासनको पुरस्कार समेत वितरण गरिएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक प्रेमनारायण भुसालको स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रममा प्रधानाध्यापक वासुदेव वेल्वासेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र शिक्षक अभिभावक संघका अध्यक्ष दिपेन्द्र बुढा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सहजीकरण शिक्षक भानु जीएमले गर्नुभएको थियो ।

Facebook Comments