• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने




दाङ ।कनिका खबर प्रा.लि.द्वारा सञ्चालित कनिका खबर डट कमको आयोजनामा दाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । डिजिटल पत्रिका कनिका खबरले यही फागुन १९ गते शनिबारका दिन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना गर्न थालेको हो ।

मावि स्तरीय (कक्षा १० सम्म) का विद्यार्थीहरुका बिच हाजिरी जवाफ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कक्षा १० सम्म अध्ययनरत सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुन पाउने छन् । प्रतियोगितामा विभिन्न ११ विधाका प्रश्नहरु सोधिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा दाङ जिल्ला सम्बन्धी, इतिहास, विज्ञान तथा प्रविधि, धर्म तथा संस्कृति,भूगोल,साहित्य तथा पुरस्कार, खेलकुद, समसामयिक, विविध, अडियो/भिडियो/ चित्र र सामूहिक प्रश्न लगायतका विधामा प्रश्न सोधिने छ ।

प्रथम पुरस्कार बीस हजार, द्वितीय पुरस्कार पन्ध्र हाजर र तृतीय पुरस्कार दश हजार तथा प्रमाणपत्र एवम् ट्रफी प्रदान गरिने प्रालिका अध्यक्ष अभियान बस्नेतले जनाएका छन् ।

Facebook Comments