दाङ । अखिल (क्रान्तिकारी) काे २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
बुधबार त्रिवि कीर्तिपुरमा सम्पन्न भएको सो सम्मेलनले नरेन्द्र सीकाे अध्यक्षता ५ पद रिक्त रहनेगरी १८१ सदस्यीय कार्यसमिति चयन गरेकाे हो ।
जसमा उपाध्यक्षमा ललित सी, महासचिवमा प्रकाश सी, सचिवहरु मदन सी, प्रीतिमा सी,अटल सी, कपिल सी, प्रकाश सी, नतासा सी, प्रकाश सी र काेषाध्यक्ष बबरजङ्ग सी चयन भएका छन् ।
सम्मेलनले संगठनकाे नाम परिवर्तन गरि अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) राखेको छ ।
नव- निर्वाचित कार्य समितिलाई नेकपाका महासचिव विप्लवले सफल कार्यकालको लागि बधाई ज्ञापन गरेकाे थिए ।
सामना परिवारले कार्यक्रमकाे बिचबिचमा सांस्कृतिक झलक प्रस्तुत गरेको थियाे ।निवर्तमान अध्यक्ष प्रकाश सीसहित संगठनबाट विदा भएका नेताहरुलाई सम्मान गरिएको थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।