दाङ । सरकारले पारित गर्न थालेकाे प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) का उपाध्यक्ष आशिष श्रेष्ठले बताएका छन् ।
प्याब्सन दाङकाे आयोजनामा आज दाङकाे घाेराहीमा भएकाे एक कार्यक्रममा बाेल्दै केन्द्रीय उपाध्यक्ष श्रेष्ठले सरकारले लागू गर्न थालेकाे प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन भएर आउनेमा विश्वस्त हुन आग्रह गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले भने, `राष्ट्रकाे शैक्षिक उन्नयनमा निजी विद्यालयहरूले महत्त्वपूर्ण याेगदान पुर्याएका छन् । शैक्षिक गुणस्तरका लागि निजी विद्यालयले गरेकाे याेगदान दृष्टान्त याेग्य रहेकाे छ । निजी विद्यालयकाे याेगदानलाई राज्यले अवमूल्यन गर्न मिल्दैन ।´
प्याब्सन दाङले आयाेजनामा `सेल्फ माेटिभेसन : इन्सपायर याेरसेल्फ´ विषयक प्रशिक्षण कार्यक्रम
सम्पन्न भएकाे हाे ।
कार्यक्रममा आचार्यश्री महेन्द्र वशिष्ठ र आचार्य विवेक विनयले नेतृत्व विकास, नेतृत्व, माेटिभेसन, उत्प्रेरणा लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्याब्सन केन्द्रीय समितिका सचिव यादव गिरी, शिक्षक महासंघ घाेराहीका अध्यक्ष निशान्त आचार्य लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्याब्सन, एनप्याब्सन, सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल र शैक्षिक सराेकार पक्षकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा १ सय ९५ जनाकाे सहभागिता रहेकाे थियाे ।
अध्यक्ष मधुसूदन केसीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
उपाध्यक्ष चक्रबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
