आलोक भावुक
गढवा । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन सम्बन्धि तालिम मंगलवार सम्पन्न भएको छ।
‘आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार’ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्तरोन्नतीका लागि ७ दिने चप्पल उत्पादन तालिम सञ्चालन गरिएको थियो ।
गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा सञ्चालित ७ दिन स्तरोन्नतीका लागि चप्पल उत्पादन सम्बन्धि तालिममा १९ जना महिलाहरुको सहभागिता रहेको थियो।
तालिम सम्पन्न कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले स्तरोन्नतीका लागि ७ दिने तालिम पश्चात् व्यवसायिक रुपमा चप्पल उत्पादन गर्नु पर्ने बताउनुभयो । तालिम लिएर उत्पादनमा नलागे तालिमको औचित्य नरहेको बताउनुभयो । व्यवसायिक रुपमा चप्पल उत्पादन गरे गाउँपालिका बाट सहयोग प्रदान गर्नेब बताउदै उत्पादनमा लाग्न तालिममा सहभागीलाई अनुरोध समेत गर्नुभयो।
त्यसैगरी तालिम समापन कार्यक्रममा बोल्दै २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरीले तालिम लिएर उत्पादन नगरे पुनः तालिम सञ्चालन नगर्ने बताउनुभयो। महिलाहरुलाई आत्मनिर्भर बनाई सहज जिवनयापनका लागि पालिका र वडाले ठुलो लगानीमा बिभिन्न समयमा बिभिन्न तालिम सञ्चालन गर्दै आएको बताउदै नियमित आम्दानीको स्रोत हुने हिसावले व्यवसाय गर्नु पर्ने बताउनुभयो। व्यवसायिक रुपमा चप्पल उत्पादन गरेर आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो। जोस जाँगरका साथ चप्पल उत्पादन गरेर बजारीकरण लगाएतका सबै समस्या समाधान गरे अवश्य सफल हुने बताउनु भयो। पालिकाले बेच्देला वडाले बेच्देला भन्दापनि आफै गर्छु आफै बनाएर आफै बेच्छु भन्ने इखका साथ काम गरे व्यवसाय सफल हुने बताउनु भयो।
समापन कार्यक्रममा बोल्दै प्रशिक्षक जोगेन्द्र नेपालीले सात दिनमा के सिक्यो के सिकायौ भन्दा पनि कति ब्यवहारमा लागु भयो, कति जनाले तालिमलाई ब्यबसायिक रूपमा बद्लयौ भन्ने मुल कुरा भएको बताउनु भयो। तालिम हतिहार हो, प्रयोग नगरे खिया लाग्छ त्यसैले सिकेको कुरा ब्यबहारमा लागु गर्नुपर्ने प्रशिक्षक नेपालीले बिचार राख्नु भयो ।
कार्यक्रम गढवा गाउँपालिका २ नम्बर वडा सदस्य ओमप्रकाश चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा गढवा गाउँपालिकाका कृषि विकास शाखाकी प्राविधिक फुलनदेवी चौधरी, सहभागीको तर्फबाट हिरा चौधरी, निमा चौधरी, जमुना चौधरी र लालमति घर्ती मगरले बोल्नु भएको थियो।
७ दिने तालिमको प्रशिक्षकमा जोगेन्द्र नेपालीले सहजीकरण गर्नु भएको थियो ।भने कार्यक्रमको सञ्चालन उद्यम विकास शाखाकी सहजकर्ता मिना चौधरीले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।