रुकुमपूर्व । चलचित्र `घरज्वाँइ´ को सुटिङ रुकुमपूर्वमा सुरु भएको छ । पूर्वी रुकुमको लुगुममा दयाहाङ राई, मिरुना मगर,पुष्कर गुरुङ,निर्माता जनक घर्ती,निर्देशक अनिल बुढा मगरलगायतले क्यामेरा पूजा गरि फिल्मको सुटिङ सुरु गरेका हुन् ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले पूर्वी रुकुमबाट फिल्म ‘घरज्वाइँ’को छायांकन थालेका छन् । जिल्लाको लुगममा शुभसाइत पूजासहित छायांकन सुरु भएको निर्माता जनक घर्तीले बताए ।
यो फिल्मबाट अनिल बुढामगरले कथानक फिल्ममा डेब्यु गर्दैछन् । पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटन लगायतका थलोमा फिल्म छायांकन हुने जनाइएको छ ।
३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, विना मगर, खड्गबहादुर पुन, सोनाम लामा, बिवेश बुढा, सुनिल मगरलगायतले अभिनय गर्नेछन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।