• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजविद्या पाठशालाको चाैंथाे वार्षिकोत्सव




दाङ । दाङकाे घाेराहीस्थित राजविद्या पाठशालाको चाैंथाे वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाे आयाेजना गरी विद्यालयले चाैंथाे वार्षिकोत्सव समाराेह सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा बाेल्दै दाङ जिल्ला अदालतका न्यायधीश ताराकुमारी शर्माले शिक्षालाई व्यवहारिक बनाउन आवश्यक रहेकाे बताउनुभएकाे छ ।`शिक्षा सर्टिफिकेट मात्र नभएर जीवनकाे सिकाइ हाे । सहज र स्मार्ट जीवनयापनका लागि शिक्षा सारथि बन्नु पर्दछ । जीवन कस्ताे बनाउने भन्ने शिक्षाले निर्धारण गर्दछ । व्यक्तिकाे जीवन निर्माण, सभ्य र समतायुक्त समाज, समुदाय तथा राष्ट्र निर्माणका लागि व्यवहारिक शिक्षा आवश्यक छ ।´ उहाँले थप्नुभयाे, ` यहाँ विद्यार्थीका क्रियाकलाप हेर्दा धेरै आशा लाग्दा भविष्य देखेकाे छु । यही वातावरणमा यसरी हुर्कदै गर्दा राष्ट्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन हुँदै गरेकाे मलाई महसुस भएकाे छ ।´
मानिसको जीवन सफल बनाउन शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै शिक्षा जीवनको अभिन्न अङ्ग भएको उहाँले बताउनुभयाे ।
बालबालिकालाई सिक्ने वातावरण निर्माण गरिनु पर्नेमा उहाँले जाेड दिनुभयाे । विद्यालयमा बालमैत्री वातावरण निर्माण गरिए बालबालिकाको सिकाइ प्रभावकारी हुने न्यायाधीश शर्माले बताउनुभयाे ।

कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष मुधुसूदन केसीले बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटन गर्ने खालको वातावरण विद्यालयले निर्माण गरिदिनु पर्ने बताउनुभयाे । हरेक बालबालिकामा कुनै न कुनै अन्तरनिहित क्षमता रहने भन्दै विद्यालयले बालमैत्री वातावरण निर्माण गर्न सके बालबालिकालाई सिकाइ उपलब्धिमा सहज हुने उनले बताउनुभयाे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका थिए । उनीहरूले संस्कारसहितको शिक्षामा जोड दिन विद्यालयलाई सुझाएका थिए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान डिन मङ्गलाकान्त झा, प्याब्सन घोराही नगर समितिका अध्यक्ष बिरेन्द्र चन्द्र, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, माध्यमिक विद्यालय रझेनाका प्रधानाध्यापक उद्धव न्यौपाने, अभिभावक सिर्जना श्रेष्ठलगायतले भनाइ राख्नुभएकाे थियाे ।

विद्यालय सञ्चालक समिति अध्यक्ष आदिम केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रविदेन प्रिन्सिपल टीकाजंग विकले प्रस्तुत गर्नुभएकाे थियाे ।

विद्यार्थी अर्नव चौबेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थीहरू आदिश्री केसी र सम्भावना वलीले गरेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेता, उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।

Facebook Comments