• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न




बिष्णु गोराथाेकी

दाङ । अम्विकेश्वरी कलेजमा बुधबार सरस्वती पुजा तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरिएको खेल सप्ताहमा विजयी विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमकावीच पुरस्कार वितरण गरिएको हाे । कार्यक्रममा मुलुकको समृद्धिका लागि आइटी क्षेत्रको विकास अनिवार्य रहेको बताउँदै वक्ताहरुले समय अनुसार आइटी क्षेत्रलाई राज्यले विशेष महत्व दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बाेल्दै घोराही उपमहागरपालिकाका उपप्रमुख हुमा डिसीले आइटी क्षेत्रको महत्व रहेकाे र सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने भएको बताउनुभयो। विशिष्ठ अतिथि क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालले अम्बिकेश्वरी क्याम्पसले दक्ष जनशक्ति उत्पादनमा जोड दिएको र बिगतका बिद्यार्थी विभिन्न क्षेत्रमा रहि काम गरिरहेकाे र यसकाे क्षेत्र व्यापक रहेकाे बताउनुभएको छ। विशिष्ठ अतिथि घोराही बनाऔ अभियानका संयोजक सविन प्रियासनले सूचना र प्रविधिको विकास रहर लाग्दो तवरले भएकाले सबै क्षेत्रलाई आइटीसंग जोड्न सके मात्र मुलुकले समृद्धि र विकास हुने बताउनु भएको छ ।

सो अवसरमा नेवि संघ दाडका अध्यक्ष कुलराज पोखेल, अनेरास्ववियु दाङका सचिव लक्ष्मण गिरी, अखिल क्रान्तिकारी दाङका अध्यक्ष गिरबहादुर महरा, विप्लव निकट अखिल क्रान्तिकारी दाङका अध्यक्ष खुम रिजाल, शिक्षाविद् सिताराम केसी स्ववियु महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष मनाेज डिसि, स्ववियु पद्माेदय क्याम्पसका अध्यक्ष बिष्णु गोराथाेकी लगाएका बिशिस्ट व्याक्तिहरुकाे उपस्थिति रहेकाे थियाे । स्ववियु अध्यक्ष रणबहादुर खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा स्ववियु उपाध्यक्ष विकास लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्ववियु कोषाध्यक्ष राजन घर्ती मगरले गर्नुभएको थियो ।

Facebook Comments