घोराही ।समाज सेवासँग जोडेर विभिन्न उत्सवहरु मनाउन युवा पुस्ता पनि आक्रषित देखिन थालेका छन् । जेठ २ गते आफ्नो जन्मदिनका अवसरमा विद्यार्थि विशाल पुन मगरले घोराही १६ को तेरौटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा फलफुल वितरण तथा स्वाथ्य जाच कार्यक्रम सम्पन्न गरेर मनाउनुभएको छ ।
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत सल्यानका पुन मगरले सामाजिक उत्तरदायित्व अन्तरगत ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण तथा स्वास्थ्य जाच कार्यक्रम गरेर आफ्नो जन्मदिन मनाएको बताउनुभयो । अनेरास्ववियु जिल्ला कमिटी सल्यानका संयोजक तथा महेन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियु पुर्व संयोजक पुनले यसरी जन्मदिन मनाउदा ज्येष्ठ नागरिक सरोकार केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरु खुशी देखिएका थिए । सञ्जीवनी आयोर्वेदका डा. विज्ञान ढकालले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था जाच गर्नुभएको थियो ।
जन्मोत्सव कार्यक्रममा नेकपा एमाले दाङको जिल्ला सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, अनेरास्ववियु जिल्ला सचिव लक्षमण गिरी, प्रेस चौतारी नेपाल दाङका सह-सचिव चन्द्रप्रकाश नेपाली, महेन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियु सचिव मदन गौतम, रुटिन अफ घोराहीका शुसन ध्वज क्षेत्रीलगाएत विद्यार्थिको सहभागिता रहेको थियो ॥
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।