पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बिच भागमा मंगलबार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले दुर्घटना ८ जनाको मृत्यु भएको बताए ।
प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको उनले बताए । मृतक र घाइतेको पहिचान नखुलेको उनले जानकारी दिए ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।