केदार परियार
बंगलाचुली । घोराही सिमेन्ट इन्डष्टीको चुनढुंगा उत्खनन बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ तापामा काम गर्ने मजदुरले खानी बन्द गरेको छन् ।
उक्त चुनढुंगा खानीमा काम गर्ने मजदुरलाई बिचल्ली बनाएको मजदुरले बताए महिना १० दिन मात्र काम लगाउनेगरेको मजदुर आनाराम बिकले बताए । उनी बिकले १० दिन मात्र काम दिदा आफुहरु बाहिर गयर काम गर्ने अवस्था पनि छैन र आर्थिकरुपमा पनि समस्या परेको गुनासो सुनाए ।
धेरै पटक कम्पनी सामु माग राख्दा पनि सुनाई नभएपछि माघ २६ गते देखि उत्खनन काम पुर्ण रुपले बन्द गरेको समेत बताए हाम्रो माग पूरा महिना काम गर्न पाउन पर्छ भने त्यो माग पूरा नभए सम्म हामिले बन्द गर्ने अर्का मजदुर भिमनिध तिवारीले बताए ।
उक्त चुनढुंगा उत्खनन खानीमा ३५ जना मजदुर रहेको छ्न।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।