मुस्लिम समुदायका २४ जना युवाले पहिलो पटक सामुहिक रुपमा रंक्तदान गरेका छन् ।
ईदको अबसरमा जामे मस्जित अलसाल्फिया व्यवस्थापन समितिले आयोजना गरेको रंक्तदान कार्यक्रममा उनिहरुले समाहिक रुपमा रक्तदान गरेका हुन ।
मुस्लिम समुदायका युवाहरुलाई पनि सामाजिक सेवामा लगाउँने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको घोराही उप–महानगरपालिका वडा नं.१४ सदस्य एवं व्यवस्थापन समितिका सल्लाहकार गुलाम रशुलले जानकारी दिनुभयो ।
रगतका कारण कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले रक्तदानको आयोजना गरिएको उहाँको भनाई ।
त्यस अबसरमा गुलाम रशmु,समिद अहमत,राजु खान,सिराज सिद्धिकी,अस्फाक अहमद,विजय घर्ती,अब्दुल जब्बर सिद्धिकी,अजि मुल्ला फारुसी लगाएतले रंक्तदान गर्नु भएको थियो ।
यस्तै नसिर अहमत,अब्दुल गफुर,महमद मन्सुरी,सब्दरि अहमत सिद्धिकी,जमिलुर रहमान,जीवन रिजाल,कदिर सिद्धिकी,मिराज अहमद सिद्धिकी,अस्फक अहमद रङरेज,जिएउल हक सिद्धिकी,साहिर अक्तर सिद्धिकी,जाबेद रंङरेज,महमद सहिक फारुसी,जावेद अलाम,अताउल्ला मन्सुरी, र महमद सिलिन राईनले रंक्तदान गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।