• ६ कार्तिक २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्रपा दाङले ३०२ औं पृथ्वी जयन्ती तथा एकता दिवस मनाउने




दाङ । राष्ट्रिय प्रजातान्त्रीक पार्टी दाङले यही पुष २७ गते घोराहीको पृथ्वी नारायण चोकमा विभिन्न कार्यक्रम गरि ३०२ औं पृथ्वी जयन्ती तथा एकता दिवस मनाउने बुधवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै यो दिवस मनाउन लागिएको कार्यक्रम मूल आयोजक समितिका संयोजक किशोर कुमार न्यौपानेले बताए ।

१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपालको भौगोलिक एकीकरणका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।

ट्राफिक चोकबाट ¥र्याली सुरु गरि बजार परिक्रमा गरी पृथ्वी नारायण चोकमा पुगी दिप प्रज्वलन सहित विभिन्न कार्यक्रम गरि मनाउने संयोजक न्यौपानेले जानकारी दिए ।

Facebook Comments