दाङ । दाङको घोराहीमा रहेको गुलरिया क्रीकेट ग्राउन्डमा २३ गते देखि सुरु भएको दाङ कर्णाली तिन खेलको एक दिवसीय सिरिज क्लिन स्विप पर्न सफल भएको छ ।
आज भएको अन्तिम खेलमा कर्णाली प्रदेश ५ विकेटले विजयी भएको छ ।
टस जितेर ब्याटिङ रोजेको दाङले २२.५ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ५२ रन बनाउन सफल भएको थियो । किशन भारतीले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंक समेत छुन सकेनन् भन्ने चार जनाले खाता सम्म खोल्न सकेनन्।
५२ रनमा रोक्न कर्णालीका बलर विपिन प्रसाद शर्माले ३ ओभर नै मेडन बलिङ गर्दै ३ विकेट लिउन सफल भएका भन्ने दिवान पुन २ विकेट हात पार्न सफल भएका थिए ।
५३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कर्णाली प्रदेश १४.१ ओभर खेल्दै ५ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भएको हो ।
कर्णालीलाई जित दिलाउन राजेश खड्काले ३१ बलको समान गर्दै एक चौकाको मद्दतले २२ रन बनाएका थिए भन्ने दाङका बलर सुजल वलीले ६ ओभर बलिङ गर्दै २० रन दिएर ३ विकेट हात पारेका थिए ।
कर्णालीले पहिलो खेलमा १३ रनले जितेको भएको थियो दोस्रो खेल ४ विकेट जित्न सफल भएको दाङ जिल्ला क्रीकेट संघका सचीव सन्जु केशिले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।