घोराही । दाङको बंगलाचुली गाउँपालिकाका प्रवक्ता एंव ३ नम्बर वडाध्यक्ष शोभाराज विश्वकर्माले आफ्नो ५२ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।
जन्मदिनको अवसरमा बंगलाचुली-३ मा रहेको श्री महेन्द्र माध्यामिक विद्यालयमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्र छात्राहरुलाई पुरस्कार प्रदान गर्नका लागि रु ५ हजार नगद सहयोग गरेको उहाँले बताउनुभयो ।
“जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विद्यालयमा आर्थिक सहयोग गरेको हुँ”, वडाध्यक्ष विश्वकर्माले भन्नुभयो, “आफ्नो जन्मदिनमा अरु कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ । मैले जे सकेँ त्यही गरेको मात्र हुँ ।”
सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका उहाँले आज विद्यालयमा पुगेर विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बुढालाई हस्तान्तरण गर्नु हो। यसअघि पनि वडाध्यक्ष विश्वकर्माले आफ्नो जन्मदिनका अवसरमा विभिन्न रचनात्मक काम गर्दै आउनु भएको छ ।
विश्वकर्मा उक्त विद्यालयको निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं पूर्व शिक्षक समेत हुनुहुन्छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
