दाङ । दाङको घोराहीमा रहेको गुलरिया क्रीकेट ग्राउन्डमा हिजो देखि सुरु भएको दाङ कर्णाली तिन खेलको एक दिवसीय सिरिजको जित्न सफल भएको छ ।
जस्मा दोस्रो खेलमा कर्णाली प्रदेश ४ विकेटले विजयी भएको छ ।
टस जितेर ब्याटिङ रोजेको दाङले मौसम कारण ३५ ओभरमा झारेको खेलमा दाङ पुरै ओभर खेल्दै ८ विकेट क्षेत्रीमा १३६ रन बनाउन सफल भएको थियो । मनोज पुन मगरले ३५ बल खेल्दै १ छक्का र २ चौकाको मद्दतले ३५ रन हेमराज सापकोटाले १२ रन, शिशिर डिसि र कारण जिसिले समान ११-११ र अभिषेक चौधरीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक समेत छुन सकेनन् ।
१३६ रनमा रोक्न कर्णालीका बलर बिक्रम रोकाले ६ ओभर बलिङ गर्दै ३० रन दिएर ३ विकेट लिउन सफल भएका भन्ने दिवान पुन र निश्चल रावतले ४-४ ओभर बलिङ गर्दै १५-१५ रन दिएर समान ४-४ विकेट हात पार्न सफल भएका थिए ।
१६७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कर्णाली प्रदेश २६.४ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भएको हो ।
कर्णालीलाई जित दिलाउन राजेश खड्काले अविजित रहदै ५१ बलको समान गर्दै एक छक्का र एक चौकाको मद्दतले ३३ रन, ३५ बलको समान गरेको निश्चल रावतले दुई चौकाको मद्दतले २४ रन र रबिन्द्र शाहीले १९ बल खेल्दै छ चौकाको मद्दतले १९ रन बनाउन सफल भएका थिए भन्ने दाङका बलर किशन भारतीले ४ ओभर बलिङ गर्दै १२ रन दिएर ३ विकेट हात पारेका थिए ।
कर्णालीले पहिलो खेलमा १३ रनले जित्न सफल भएको थियो भन्ने भोलि ९ बजे अन्तिम खेल हुने दाङ जिल्ला क्रीकेट संघका सचीव सन्जु केशिले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।