घोराही, १४ पुस । घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित सुनौलो विहानी टोल विकास संस्थाको अध्यक्षमा चन्द्रराज पन्त चयन हुनुभएको छ । संस्थाको साधारणसभाले पन्तको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा हिमा पोख्रेल, सचिव बिमला पोख्रेल, कोषाध्यक्ष पुष्प ओली, उपकोषाध्यक्ष शोभाराम पुन र सदस्यहरु पदम पोख्रेल चयन हुनुुभएको छ । आगामी बैठकले बाँकी सदस्य चयन गर्ने निर्णय भएको छ ।
निवर्तमान अध्यक्ष सूर्यचन्द्र रानाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।