• १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु




खुमबहादुर सुनार
लिवाङ । रोल्पा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त ४९७० नं.को ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रहरी प्रबक्ता राम नारायण गुप्ताले जानकारी दिनुभएको छ ।

गुम्ताका अनुसार सुनिलस्मृति गाँउपालिका वडा २ खुङ्गी देखी लुङ्ग्री गाँउपालिका ४ सानो नम्जा तर्फ खर लिएर जादै गर्दा सुनिलस्मृती गाँउपालिका वडा न. ३ को बर्जिबाङ भन्ने स्थानमा सोमबार साँझ ८ बजेको समयमा दुर्घटना भएकाे हाे ।

उक दुर्घटनापरी मृत्यु हुनेका ट्याक्टर चालक सुनिलस्मृती गाँउपालिका वडा न. ७ तेबाङका बर्ष २१ को तिलक बिष्ट रहेको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर सडकबाट करिब १ सय मितर तल खसेको समेत बताइएको छ । दुर्घटना पछि गम्भिर घाइते ट्याक्टर चालक बिष्टलाई ईलाका प्रहरी चौलिचौरको प्रहरी निरिक्षक सन्तोष घिमिरे नेतृत्वका खटिएको टोलिले उद्धार गरि उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सुलिचौर लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

सोही ट्याक्टरका सवार अर्का लुंग्री गाँउपालिका वडा न. ४ सानो नम्जाका बर्ष ४२ का खर लिन जानुभएको लिलामणि बिष्ट भने गम्भीरता घाइते भएकी छन् । उनको प्राथमिक स्वास्थ्य चौकि सुलिचौर सामान्य उपचार पछि उनलाई थप उपचारको लागी जिल्ला बाहिर रिर्फर गरिएको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । तिब्र गतिका कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

Facebook Comments