दाङ । सिनेमा ‘घरज्वाइँ’को छायांकन सुरु नहुँदै प्रदर्शनको मिति घोषणा गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहने सिनेमाको पोस्टर सार्वजनिक गर्दै अर्को वर्षको असार २८ गतेलाई सिनेमाको प्रदर्शन मिति निश्चित गरिएको हो ।
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको सिनेमामा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुनको पनि अभिनय रहनेछ ।
सिनेमामा निर्देशक मगरका साथै विनोद खतिवडा र सुभाष कोइरालाको लेखन छ । जीएम मुभिज प्रोडक्सनको प्रस्तुतीमा जनक घर्ती मगर निर्माता रहेको सिनेमामा सुसन प्रजापति, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत रहनेछ । उक्त सिनेमा पूर्वी रुकुमको तकसेरामा आगामी माघ तेस्रो हप्ताबाट छायांकन सुरु हुन लागेको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।