• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रथम डिफेन्स आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो सम्पन्न




घाेराही । प्रथम डिफेन्स आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । घोराही १३ सेवार बनगाउँमा दुई दिनसम्म भएको प्रतियोगितामा १६ वटा डाेजाङका खेलाडीले भाग लिएका थिए ।

डिफेन्स तेक्वान्दो डाेजाङका गिरीराज गिरीकाे अध्यक्षता तथा वडा नम्बर १३ का वडा सदस्य रामकली घर्तीकाे प्रमुख अातिथ्यमा भएको प्रतियोगिता समापनमा विजेता खेलाडीलाई पदक र प्रमाण पत्रले सम्मान गरिएको थियाे । च्याम्पियनसिपमा सहभागी खेलाडीले दुई दिन प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगिताका माध्यमबाट खेलाडीलाई खेल क्षेत्र लाग्न उत्साह थप्ने, स्वस्थ जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास लिएको वडा सदस्य घर्तीले बताउनुभयो ।

स्थानीय स्तरमा दक्ष खेलाडी उत्पादन गर्न र खेलकुदकाे संस्थागत विकासका लागि अायाेजित च्याम्पियनसिपमा उत्कृष्ट हुने खेलाडीलाई प्रमुख अतिथिसहित खेल क्षेत्रका सराेकारवालाले सम्मान गर्नुभएको थियाे ।

शनिबार र अाईतबार दुई दिन भएको प्रतियोगितामा महिला र पुरुष गरि १० वटा ताैल समुहमा खेलाईएकाे थियाे । खेलमा महिला तर्फ २५ केजी मुनि, २९ केजी मुनि, ३७ केजी मुनि, ४३ केजी मुनि र ४६ केजी मुनि ताैल भएका खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।
यसैगरी, पुरुष तर्फ २९ केजी, ३७ केजी मुनि ४२ केजी मुनि, ५४ मुनि र ५८ केजी मुनि ताैल भएका खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

सहभागी खेलाडीबाट शुल्क नलिएर निशुल्क भाेजनकाे व्यवस्था गरेर खेलाईएकाे खेलमा उत्साहजनक रुपमा प्रतियोगिता सम्पन्न भएको डाेजाङ अध्यक्ष गिरीले बताउनुभयाे।

प्रतियोगिताकाे खेललाई व्यवस्थित, मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न जगबहादुर नेपाली, बमबहादुर बिक, संघर्ष बुढा मगर, तिलक झाँक्री, स्वागत परियार, देवराज खाम्चा, तिलक पुन, यशाेदा नेपाली, सुरज भण्डारी, सुरज केसी र साैरभ परियारले निर्णायककाे भुमिका खेल्नुभएकाे थियाे ।
प्रतियाेगिता समापन समाराेहकाे सहजीकरण
तेक्वान्दो प्रशिक्षक राकेश परियारले गर्नुभएको थियो ।

Facebook Comments