• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यादव विद्यार्थी फूटबल प्रतियोगिताको फाइनलमा खरदरिया र पचाहिया भिड्दै




श्रवण कुमार यादव
देउखुरी। “स्वास्थ्य र समाजिक सद्भावका लागि खेलकुद” भन्ने मुल नाराका साथ हिन्दु नेपालीहरुको महान पर्व शुभ दिपावली र छठ पर्वको पावन अवसरमा गढवा गाउँपालिका वडा नं. २ पचहियामा रहेको सगरमाथा युवा क्लवद्वारा आयोजित देउखुरी व्यापी यादव विद्यार्थीहुरुको फुटबल प्रतियोगितामा आज फाइनल खेल उपाधिका लागि खरदरिया फुटबल क्लब र पचाहिया भिड्ने भएका छन्। दुवै टोलीबीच आज पचाहियास्थित खेल मैदानमा फाइनल खेल हुँदैछ।

सेमिफाइनलमा खरदरियाले खाजुरहटा फुटबल टिमलाई तथा आयोजक टिम पचाहियाले पचाहिया ‘बी’ टीमलाई हराउँदै फाइनल खेलको यात्रा तय गरेका हुन्।

आयोजक न्यू सगरमाथा युवा क्लव, गढवा गापा २, पचाहियाकान्यू सगरमाथा युवा क्लव, गढवा गापा २, पचाहिया अध्यक्ष निर्गुन प्रसाद यादवका अनुसार प्रतियोगिताको विजेताले रु ११ हजार एक सय पन्ध्र तथा उपविजेताले रु ७ हजार सात सय पचहत्तर पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

Facebook Comments