करेन्ट लागेर मुसिकोट नगरपालिका-१३ मा एक बालकको मृत्यु भएको छ ।
बिजुलीको पोलको सपोर्टर तारबाट करेन्ट लागेर सानीभेरी गाउँपालिका-१०, अम्रैडाँडा, अर्माका ११ वर्षीय केशव परियारको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका -१३ छिवाङमा रहेको आफन्तको घर आएको बेला सोमबार बिहान उनलाई करेन्ट लागेको थियो ।
साथीहरूसँग बिजुलीको पोलको सपोर्टर तारमा खेलिरहेका बेला करेन्ट लाग्दा गम्भीर घाइते भएका परियारलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।