• ७ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुलसीपुर उधोग बाणिज्य सघंद्वारा १ लाख ५१ हजार सहयोग




शरद रेग्मी
दाङ । तुलसीपुर उधोग बाणिज्य सघंले कर्णालीका भुकम्प प्रभाबितहरुका लागि राहत स्वरुप १ लाख ५१ हजार घोषणा गरेको छ ।

आईतबार बसेको कार्यसमितिको आकस्मिक बैठकले भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप सो रकम सहयोग गर्ने निर्णय गरेको सघंका महासचिब बिनिल केसिले जानकारी दिनु भयो ।

राहत कोष स्थापना

तुलसीपुर उधोग बाणिज्य सघंले कर्णालीका भुकम्प प्रभावितहरुलाई एकद्वार
प्रणालि मार्फत सहयोग गर्ने अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।
सो हि निर्णय अनुसार सघंमा राहतकोष समेत स्थापना गरिएको छ ।
सोमबार देखिनै राहत संकलन अभियान सुरु गरेको बाणिज्य सघंले जनाएको छ ।

सघंका अध्यक्ष रामप्रसाद चालिसेले र महासचिव बिनिल केसिले एक बिज्ञप्ति जारि गर्दै मानबिय सेवामा हातेमालो गर्न सबैमा अपिल समेत गरिएको छ । सहयोगी दाताहरुले सिधै बाणिज्य सघंको सचिवालयमा सम्पर्क गर्नुहुन पनि बिज्ञप्तिमा भनिएको छ ।

Facebook Comments