दाङ । बंगलाचुली क्रिकेट विकास समन्वय समितिले एक विज्ञाप्ति निकालेर बंगलाचुलीभित्र रहेका सम्पूर्ण क्रिकेट क्लवहरु दर्ता नभएकाहरुलाई दर्ता गर्न र दर्ता भएकोका क्लवलाई नवीकरण गर्न अनुरोध गरेको छ ।
यहि कार्तिक २० गते सम्म दर्ता नविकरण गर्न अनुरोध गर्दै नयाँ दर्ता गर्नका लागि १ हजार र नविकरण गर्नका लागि ६ सय शुल्क लाग्ने समेत उक्त विज्ञप्तीमा उल्लेख रहेको छ ।
उक्त विज्ञप्तीमा बंगलाचुली क्रिकेट विकास समन्वय समितिमा दर्ता नविकरण नभएका क्रिकेट क्लवलाई समन्वय समितिबाट हुने सम्पूर्ण प्रतियोगितामा सहभागिता हुनबाट वन्चित हुने समेत समन्वय समितिका अध्यक्ष हिमााल महरा र सचिव मधुसुदन गिरीको हस्ताक्षर रहेको विज्ञप्तिमा जानकारी गराएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।