• ७ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दोहोरी प्रतिष्ठान दाङको भवन निर्माणका लागि एक लाख बढी आर्थिक सहयोग




दाङ । लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दाङको भवन निर्माणका लागि राप्ती समाज युकेका अध्यक्ष दिनेश खड्काद्वारा एक लाख पाँच हजार छ सय आर्थिक सहयोग गरेका छन ।

घोराहीको मझेरी दोहोरी साँझमा प्रतिष्ठानका दाङका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षतामा तथा राप्ती समाज युकेका अध्यक्ष दिनेश खड्काको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि प्रतिष्ठान दाङका अध्यक्ष्र दाहाललाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रेम प्रकाश मल्ल, पूर्व अध्यक्ष गजेन्द्र बहाकरी, संगीतकार राजेन्द्र श्रेष्ठ, संस्थाका सल्लााकार खड़क वुढाथोकीले लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दाङको भवन निर्माण मा सबै क्षेत्रमा रहनुभएका व्यक्तिगत, संघ–संस्थाले सहयोग गरिदिन आग्रह समेत गरेका थिय।

साविका राप्ती अञ्चलकै कलाकारलाई प्रतिष्ठानको माध्यम वाट युकेका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी गराउने युकेका अध्यक्ष खड्काले प्रतिबद्धता गरेका थिय । कार्यक्रममा लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेम शर्मा,गायक विजय परियार,गायक हुमा बहादुर डिसी लगायत प्रतिष्ठानका पदाधिकारी हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिष्ठानकी उपाध्यक्ष विमला खड्काको स्वागत मन्तब्यवाट सुरु कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव शिवराज खनालले गर्नु भएको थियो।

Facebook Comments