रुकुम पश्चिम सानीभेरी गाउँपालिका ६ मा एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ । भिरमा घास काट्ने क्रममा १८ बर्षिय किशोरी बिमला केसीको भिरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको रिड्रनाखोला भिरमा घाँस काट्ने क्रममा आज बिहान ८ वजे भिरबाट लडेको परिवारले जनाएका छन् ।
मृतक केसी भिरबाट करिव ४ सय मिटर तल खसेको र उनलाई घाँस काट्ने स्थानीयले भिरबाट लडेको अवस्थामा भेटेको बताईको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।