• ६ कार्तिक २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जिप दुर्घटनामा चालकको मृत्यु




लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिका २, सुन्तलेटारमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिप दुर्घटनामा सुन्तलेटारका ३६ वर्षीय मंगप्रसाद सेढाइँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँको भानु नगरपालिका ११, टुहुरेपसलबाट घरतर्फ आउँदै गर्दा मंगलबार बिहान ग १ ज ७२७२ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बडादसैंको दिन मंगलबार बिहान पौने ८ बजेतिर दुर्घटनाको जानकारी आएको बताए । उनका अनुसार जिप बाटोबाट करिब ५० मिटर तल खसेको थियो ।

मृतकको शव प्रहरीले पोष्टमार्टमका लागि बेँसीसहरस्थित जिल्ला अस्पताल पठाएको छ ।

Facebook Comments