नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्युठानको सचिव कृष्ण अधिकारी ‘प्रकाश’ र रुपन्देही सचिवमा नारायण जिसी ‘निर्मल’लाई बनाएको छ ।
यसअघि केन्द्रले प्युठानमा प्रदेश सदस्य नारायण अधिकारी र रुपन्देहीमा केन्द्रीय सदस्य दधिराम न्यौपानेलाई सचिव बनाएकोमा दुबै जनाले अस्वीकार गर्नुभएको थियो ।
जसले गर्दा यी दुइ जिल्लाका सचिवले सपथ ग्रहण गरेका थिएनन् ।
केन्द्रीय कार्यालयको निर्णयअनुसार प्युठानको सचिवमा अधिकारी र रुपन्देहीको सचिवमा जिसीलाई जिम्मा दिइएको जानकारी प्राप्त भएको केन्द्रीय सदस्य तथा प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।