• ६ कार्तिक २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कम्युनिस्ट आन्दोलनको दियो निभ्न दिने छैनौं : अध्यक्ष माधव




घोराही । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनको दियो निभ्न नदिने बताएका छन् । समाजवादी जागरण अभियान– २०८० मेची–महाकाली अन्तर्गत पार्टी जिल्ला कमिटी दाङले मंगलबार घोराहीमा आयोजना गरेको जनसभामा बोल्दै उनले बताएका हुन् ।कार्यक्रमका प्रमुख वक्ता समेत रहेका पार्टीका अध्यक्ष माधव नेपालले झापाको क्रान्तिकारी आन्दोलनबाट प्रेरणा प्राप्त गरेर आफूहरुले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनको लागि अहिले पनि आट गरिरहेको बताए ।

‘कम्युनिस्ट आन्दोलनको यो दियो निभ्न दिने छैनौं’ उनले भने कम्युनिस्ट आन्दोलनको यो ज्वाला निम्भ दिने छैनौं । कम्युनिस्ट पार्टीलाई गलत बाटोमा लिएर जाने कुनैपनि कामलाई सफल हुन दिने छैनौं । हाम्रा पूर्खाहरुले पनि त्यस्ता प्रत्येक गतल कदमहरुको विरुद्धमा जुध्ने आट गरेका छन् । पुष्पलालले आट गर्नुभयो । कम्युनिस्ट पार्टी आफै बनाउनुभयो । प्रत्येक कम्युनिस्ट पार्टीभित्र दक्षिणपंतीहरु जब हावी भए तिनीहरुको विरुद्ध विद्रोह गर्नुभयो । हामीले पनि नयाँ पार्टी निर्माण गर्यौं र त्यहीँ पार्टीविरुद्धपनि हामीले विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भयो ।’

नेता माधवले क्रान्तिकारी सोचकासाथ अघि बढ्दै जाने क्रममा केही व्यक्तिहरु आफूसँग सहभागी भएको तर टिक्न नसकेका उनीहरु स्वार्थको भवना बोकेर आएको हुँदा त्यो स्वास्र्थ पुरा नभएपछि बाटैमा छोडेर हिडेको कुरामा जोड दिए ।

कार्यक्रममा फरक प्रशंग राख्दै अध्यक्ष नेपालले समाजवादी जगरण अभियानमा आफूहरु अगाडि बढेको भन्दै आफ्ना पार्टीको नामसँग जोडर समाजवादी मोर्चा नेपाल निर्माण गरेको बताए । उनले समाजवादमा विश्वास गर्ने कम्युनिस्ट पार्टीहरुलाई पनिसँगै ल्याएर समाजवादी मोर्चा बनाएको प्रष्ट पारे । ‘हामी सर्वहारा, श्रमजीवी वर्गका प्रतिनिधि हौं,’ उनले भने‘ हामी शोसन, उत्पीडन, अन्याय र अत्याचारमा पिल्सीएका जनताको सहयोगी शक्ती हौं ।  हामीलाई जनताको पीडा र वेदना पोल्छ ।  र, उनीहरुको मुक्ति कसरी सम्भव छ भन्नेबारेमा हामीले समानभाव सम्बन्धमा  नेपाली विशेषताको समाजवादको खाता तयार गरेर हामी अगाडि बढ्ने जमर्काे गर्दैछौं ।’

त्यस्तै कार्यक्रमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको १८ वर्ष भएतापनि देशमा पूँजीवादी व्यवस्था कायम भएको बताए । उनले हिजोको सामन्ती व्यवस्था भन्दा पूँजीवादी व्यवस्था प्रगतिशील हुने भएको हुनाले आफू कम्युनिस्ट पार्टीहरुले समेत अरु पूँजीपति वर्गका पार्टीहरुसँग मिलेर पूँजीवादी क्रान्ति सम्पन्न गरेको कुरामा जोड दिए ।
पूँजीवादी व्यवस्थामा बोल्न पाउने, संगठन गर्न पाउने, सभा, जुलस गर्न पाउने, प्रकाशन गर्न पाउने आदि अधिकारहरु प्राप्त हुने हुँदा पूँजीवादी क्रान्तिको स्थापना गरेको भएतापनि पूँजीवादी क्रान्तिले सबै खाले विभेद र देशको समृद्धि नहुने भन्दै यी सबै समस्याको हल समाजवादले मात्र गर्ने नेता खनालको भनाइ थियो ।

त्यसैगरी कार्यक्रमा पार्टीका महासचिव घनश्याम भुषालले हरेक मुलुकले आफ्ना सन्तानहरुलाई रोजगारी दिन नसक्दासम्म त्यसले जनतालाई नयाँ जिन्दगी दिन नसक्ने बताए । उनले नेपालमा राजनीतिक अधिकार पूरा भएतापनि   नयाँ  जिन्दगीको अधिकार पूरा नभएको भन्दै काम गर्ने उमेर पुगेका नेपाली छोराछोरीले यहीँ काम पाउने व्यवस्था भएमात्र जनतालाई नयाँ जिन्दगी दिन सक्ने कुरामा जोड दिए ।

 

Facebook Comments