• ७ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्वास्थ्य चौकी सिसहनियाँमा फार्मेसी सेवा सुरु




देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं.५ मा रहेको स्वास्थ्य चौकी सिसहनियाँमा फार्मेसी सेवा सुरु भएको छ।

फार्मेसी सेवा नहुँदा स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीहरुलाई असुविधा भएपछि पालिकाले फार्मेसी सेवा सुरु गरेको हो ।

सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधी बाहेक अन्य औषधि किन्न बिरामीहरूलाई असहज भएकाले बिरामीहरुको सहजताका लागि फार्मेसी सेवा सञ्चालन गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ।

२४ सै घण्टा सेवा दिने गरि कर्मचारी व्यवस्थापन गरि फार्मेसी सेवा सञ्चालन गरिएको वडा नं।५ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद चौधरीले जानकारी दिनुभयो ।

फार्मेसी सञ्चालन भए पछि बिरामीहरुलाई थप सहजता भएको स्वास्थ्य चौकी सिसहनियाँका इन्चार्ज धन बहादुर खड्काले बताउनु भयो ।

यसअघि स्वास्थ्य चौकीमा फार्मेसी नहुँदा बिरामीहरुलाई असुविधा हुने गरेको थियोे ।

Facebook Comments