घोराही ।दाङ जिल्ला उद्योग वाणिज्य संघको वसन्त जोशी नेतृत्वको नवनिर्वाचित कार्यसमितीसँग दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले सनिवार एक कार्यक्रम गरि बधाई तथा स्वागत गरेको छ ।
कार्यक्रममा दाङ उवासंघका नवनिर्वाचित सम्पूर्ण टिमलाई खादा तथा अबिर लगाएर सम्मान गरिएको थियो।
एसोसिएसनका अध्यक्ष वसन्त न्यौपाने अध्यक्षता तथा दाङ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बसन्त जोशीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले फोटोग्राफर र दाङ जिल्ला उद्योग वाणिज्य संघविचको समन्वय र एकतालाई थप बलियो बनाउदै लैजाने विषयमा जोड दिएका थिए ।
दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका पुर्ब अध्यक्ष एबं हालका सल्लाहकार समेत रहेको हाम्रो संस्थाको अभिभावक व्यापारीहरुको छाता संगठन दाङ जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वमा जानू हाम्रो गौरव रहेको एसोसिएसनका उपाध्यक्ष मिनराज महराले बताए ।
नवनिर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुले फोटो व्यवसायीलाई थप मर्यादित र व्यवस्थित बनाउदै फोटो व्यवसायीरुको हितमा केन्द्रित रहेर काम गर्ने बताएका थिए । एसोसिएसन उपाध्यक्ष नारायण खनाल स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव दुर्गा प्रसाद चौधरीले गर्नु भएको थियो ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
