• १७ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गाउँ जोड्ने सडक स्तरवृद्धिका लागि एक करोड ६० लाख लगानी गर्दै स्थानीय सरकार




सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले शंखमुल दारिमज्यूला खर्सुबास जयचौर सडक खण्डको स्तर वृद्धिको काम सुरु गरेको छ । दीर्घकालिन महत्वको यस सडक स्तरवृद्धिका लागि विहिबार ईन्जिनियरिङ सर्वे गरिएको गाउँपालिकाले जनाएको छ । छत्रेश्वरी गाउँपालिकाको ८० लाख र संघीय समपुरक अनुदानको ८० लाख गरेर एक करोड ६० लाख रुपैयाँ बजेटबाट सडक स्तर उन्नती गर्न लागिएको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनाए ।

बाह्रै महिना सहज रुपमा गाडी सञ्चालन हुनेगरी सडक स्तर उन्नती हुने भएपछि छत्रेश्वरी ३ र ४ का वासीन्दाहरु खुसी छन् । सर्वे टोलिसंगै स्थलगत सडक निरिक्षणमा पुगेका अध्यक्ष बुढाथोकीले प्राविधक टोलिलाई गुणस्तरिय कामका लागि निर्देशन दिए । सडक सञ्जालको व्यापकताले दूरी छोट्याउने मात्र नभै गाँउको उत्पादनलाई शहरसम्म पुर्याउँने, थातथालो छोड्नेको संख्यामा कमि ल्याउने तथा नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता समेत दिलाउने भएकाले गुणस्तरिय सडक निर्माणमा जोड दिइएको उनको भनाई छ ।

शंखमुल दारिमज्यूला खर्सुबास जयचौर सडक खण्डमा नाला संगै आवश्यक ठाउँमा रिटेनिङ वाल निर्माण, ह्युम पाईप तथा ग्याविन जाली, मोड सुधार लगाएतका काम हुने गाउँपालिकाका ईन्जिनियर राजाराम रिजालले जानकारी दिए । ८ मिटर चौडा सडकको मापदण्ड अनुसार स्तरवृद्धिको काम हुने उनको भनाई छ ।


सर्वे लगत्तै अव लागत अनुमान तयारी एवम् ठेक्का प्रक्रिया अगाडी बढाउने गाउँपालिकाले जनाएको छ । नाला नहुँदा वर्षायाममा सडक हिलाम्मे हुने, खाल्डाखुल्डीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । सडक स्तरउन्नतीसंगै गाउँमा उत्पादित वस्तु बजार सम्म पुर्याउन तथा आवश्यक विभिन्न सामग्री गाउँसम्म ल्याउन समेत सहज हुनेछ ।

गाउँपालिकाका लेखा अधिकृत गोविन्दराज विष्ट, ईन्जिनियर रिजालसंगै योजना शाखा प्रमुख खेमराज बुढाथोकी, सब ईन्जिनियरहरु प्रदीप चन्द, गणेश डाँगी, प्रविण शाही, रोजगार सहायक निराजन बुढाथोकी लगाएतको टोलिले उक्त सडकको सर्वे गरेको थियो ।

Facebook Comments