रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्तीसहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
तत्कालीन उपाध्यक्ष घर्ती र निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसहित १३ जनाले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

गंगादेव गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरी परेको थियो ।
अनुसन्धान हुँदा सोलार पम्पिङ खानेपानी निर्माण योजनाको लागि आ।व। २०७६/०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन भएको थियो ।
रकम विनियोजन भएपछि उपभोक्ता समितिसँग सम्झौता भई उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई दिन लगाई गलत नापी किताब तयार गरिएको अख्तियारको निष्कर्ष छ ।
गलत नापी किताब अनुसार झुट्टा बिल भरपाई तयार गरी गर्न लगाई भए गरेको कार्यभन्दा बढी भुक्तानी नै गर्न नमिल्ने ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा भुक्तानी दिई गैरकानूनी हानिनोक्सानी पुर्याउने बद्नयतले उपभोक्ता समितिलाई भुक्तानी दिनेरलिने कार्य गरेरगराएको पुष्टि भएको अख्तियारको आरोप छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
