रोल्पा । रोल्पामा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिर नजिक जेसीबी दुर्घटना हुँदा सहचालक अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
राप्ती गाउँपालिकाबाट रोल्पा लिबाङ जाँदै गरेको रा १ ज ११८७ नम्बरको जेसीबी भदौरे मन्दिर जनिकैको घुम्तीमा खस्दा राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयाका सहचालक चौधरीको मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डिएसपी श्याम सारुमगरले जानकारी दिनुभयो ।
जेसीबी चालक अन्दाजी २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी भने सामान्य रहेको प्रहरीको भनाई छ ।
ओरालोमा ब्रेक नलागेर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
