• १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संस्थाको हित विपरित कुनै काम भएको छैन : अध्यक्ष बुढाथोकी




घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज १३ गते हुने निर्वाचनका सम्दर्भमा परेको निवेदनका विषयमा भएको छलफलमा वर्तमान कार्यसमितिले गलत गरेको स्वीकार गरेको भन्दै केही सञ्चार माध्यममा आएको समाचारप्रति अध्यक्ष टंकसिंह बुढाथोकीले आपत्ति व्यक्त गर्नुभएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिले गल्ती गरेको भनि अध्यक्षले स्वीकार गरेको भनि आएका समाचारप्रति आपत्ति व्यक्त गर्दै वर्तमान कार्यसमितिबाट कुनै गल्ती नभएको बताउनुभयो ।

उहाँले वर्तमान कार्यसमितिले जिम्मा दिएको निर्वाचन समितिले विधी विधान अनुसार नै काम गरेको भन्दै गलत हल्लाको पछि नलाग्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।

‘वर्तमान कार्यसमितिले संस्थागत विकास र व्यवसायिक हकहितालागी धेरै महत्वपूर्ण कामहरु गरेको छ । वर्तमान कार्यसमितिले गरेको कामको सकारात्मक प्रभाव देखेर केही व्यक्तीहरुले गलत प्रचार गरेका छन्’ उहाँले भन्नुभयो– ‘संस्थाको हित र विधान विपरित काम नगरेको जानकारी गराउन चाहन्छु ।’

Facebook Comments